बिर्तामोड,फागुन २५ । नेपाल महिला संघ २ नम्बर क्षेत्रीय समितिको आयोजनामा ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न भएको छ ।


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, महासमिति सदस्य सीता पौडेल, नेपाल महिला संघकी पूर्व अध्यक्ष यज्ञकुमारी सिटौला, नेपाली कांग्रेस झापाका सदस्य सरस्वती सिटौला, पार्वता गिरी, नेपाल महिला संघ झापाकी अध्यक्ष टीका सिटौला मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

महिला संघ क्षेत्रीय समितिका अध्यक्ष मनु विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रभा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्