बिर्तामोड, फागुन २६ । प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता बिर्तामोड ८ मा शुक्रवार सम्पन्न भएको छ ।

नेपाल कराते महासंघ बिर्तामोड नगरपालिका ८ को प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगितामा वडाभरिका विभिन्न विद्यालयका १२० जना छात्रछात्राले भाग लिएका थिए । ८ वर्षदेखि १६ वर्षसम्मका र २० केजीदेखि ५० केजी तौल समूहका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

छात्रातर्फ २० केजी तौल समूहमा रोशिका श्रेष्ठ प्रथम , एन्जल थापा दोस्रो , २५ केजी तौल समूहमा पुजा राजवंशी प्रथम, अनुजा गुरुङ दोस्रो , ३० केजी तौल समूहमा आशा राई प्रथम , रेखा महतो दोस्रो , ३५ केजी तौल समूहमा जेसिका सिटौला ,स्वर्णिका मैनाली , ४० केजी तौल समूहमा सदीक्षा राई प्रथम , रविना राउत दोस्रो , ४५ केजी तौल समूहमा दीपा थापा प्रथम , सनिरा श्रेष्ठ दोस्रो तथा ५० केजी तौल समूहमा आस्था राई प्रथम र इन्दु राई दोस्रो भएका छन् ।

त्यस्तै छात्रतर्फ २० केजी तौल समूहमा सम्राट गौतम प्रथम,आरम्भ कुँवर दोस्रो , २५ केजी तौल समूहमा ऋदम खत्री प्रथम , रिजन कायस्थ दोस्रो , ३० केजी तौल समूहमा रिवन तिवारी प्रथम , सुदिन अधिकारी दोस्रो , ३५ केजी तौल समूहमा रविन तामाङ प्रथम , संभाव्य क्षेत्री दोस्रो , ४० केजी तौल समूहमा समिर बराल प्रथम , आदित्य श्रेष्ठ दोस्रो , ४५ केजी तोल समूहमा पुज्य सेढाई प्रथम , अरुण मिश्र दोस्रो तथा ५० केजी तौल समूहमा राम तामाङ प्रथम र सोनित श्रेष्ठ दोस्रो भएका छन् ।

शुक्रराज कराते डोजोको आयोजना तथा झापा कराते संघको तत्वावधानमा सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयको सहयोग रहेको थियो। नगर खेलकुद विकास समितिका सदस्य बागधन राईको अध्यक्षता तथा बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कराते महासंघका जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की दुर्वासा , महासंघका प्रदेश उपाध्यक्ष सौरभ प्रधान , राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दिपेश निरौला , वडा सदस्य अग्नि सिटौलालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको संयोजन दुर्गा निरौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्