झापा,फागुन २७ गते । चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।
ट्रिजरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी लगायत कलाकारलाई देख्न सकिन्छ । चलचित्र वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्र कथा घुमेको छ । चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्