झापा,फागुन २६ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा आठ अर्ब ३९ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको छ।

नपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अघिल्लो वर्षको तुलनामा २१.६ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ८९ अर्ब रेमिटेन्स आएको थियो। समग्र रेमिटेन्स बढे पनि वृद्धिदर भने घटेको छ।

गत वर्ष पहिलो सात महिनामा रेमिटेन्स २७ प्रतिशतले बढेको थियो। भने चालु वर्षको पुस महिनासम्म २५.२३ प्रतिशत बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार ५४० रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्