मेचीनगर ,फागुन २८ । मेचीनगर १५ ज्यामिरगढीस्थित भगवती प्लाइ फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

आज बिहान सवा ५ बजे आगलागी शुरु भएको हो । ६ वटा दमकल , नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् । फ्याक्ट्रीको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मिलन केसीले बताए । आगलागीको कारण थाहा हुन नसकेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्