झापा, फागुन २८ । मदन भण्डारी राजमार्गअन्तर्गत गाईघाट–कटारी सडकखण्डमा भएको सवारी दुर्घटनामा इलामका एक युवकको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इलामको सूर्योदय नगरपालिकाका २४ वर्षिय प्रतिक राईको मृत्यु भएको हो ।
कटारीबाट गाईघाट जाँदै गरेको यात्रुबाहक बसले विपरित दिशामा रहेको झापाली राईडर लेखिएको प्रदेश १–०१–०१६प ४६७ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।