झापा, फागुन २८ । झापाको बिर्तामोड ६ मा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारी नजिकै सडक किनारमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साईकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

उनको टाउको बजारिएको , एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अबस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । डीएसपी कार्कीका अनुसार मृतक राईले आज बिहान मातेर घरमा फोन गरेका थिए । राईको शव पोस्टमार्टमको लागि धरान पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्