झापा,फागुन २८ । मोरङमा निर्माणाधीन नालीमा लडेर घाइते भएकी वृद्धा महिलाको आइतबार राति मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ शुक्रबारे टोलकी ७३ वर्षीया इन्द्रकुमारी लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति ९ बजेतिर घरनजिकको निर्माणाधीन नालीमा अचानक लडेर लिम्बू गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार घरमा वृद्धा एक्लै बस्दै आएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्