झापा , फागुन २८ । डोमालाल रंगशालामा जारी झापा गोल्डकपको फाइनल खेल हेर्न आएका दुईजना दर्शक घाइते भएका छन् ।

रंगशालाका दक्षिणपट्टि राखिएको एलइडी बोर्ड हावाले झर्दा लागेर दुईजना दर्शक घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको छ । घाइते हुनेहरुमा बिर्तामोड ३ का ५८ वर्षीय नवीन रायमाझी र बिर्तामोड ८ का ४३ वर्षीय लक्ष्मी कर्ण रहेको र टाउको र खुट्टामा चोट लागेका उनीहरुको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

आज फाइनल हेर्न डोमालाल रंगशाला दर्शकहरुले खचाखच भरिएको छ । दर्शकहरुकै लागि दक्षिणपट्टि एलसीडी बोर्ड राखिएको थियो । छैटौ गोल्डकपको अन्तिम दिन आज उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्