झापा,फागुन २८ । औषधी व्यवस्था विभागले औषधी पुरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ । विभागले सूचना निकाल्दै औषधी पुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्रीको नाममा औषधी मिश्रित क्रिम आदि औषधीहरुको बिक्री नगर्न आग्रह गरेको हो ।

विभागद्वारा निरीक्षणका क्रममा यस्ता उत्पादनहरु बिक्री भइरहेको पाइएकाले यस्ता औषधीहरुको बिक्री तुरुन्त रोक्न सम्बन्धित सबैलाई आग्रह आग्रह गरेको हो ।

यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री गरेको पाइएमा कानुन अनुसार जफत तथा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्