कनकाई, फागुन २९ । कनकाई नगरपालिकाका एक दर्जन विद्यालयका छात्रछात्रालाई सचेतनामूलक प्रशिक्षण दिइएको छ ।


लायन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनमा कनकाईको वडा नं. १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो । कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. श्रद्धा भण्डारीले मनोपरामर्श, डा. विरेन्द्र यादवले क्यान्सरसम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागूऔषधसम्बन्धी सचेतनामूलक जानकारी दिएका थिए । लायन्स क्लब सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला रहेका थिए । कार्यक्रममा लायन्स डिस्ट्रिक गभर्नर विकास अधिकारी, झापा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक, लायन्स डिस्ट्रिक भाइस गभर्नर लिला चिमरिया इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीलगायतको सहभागिता रहेको थियो ।

क्लबको सभाहलमा आयोजित उक्त कार्यक्रममा कनकाई मावि, सरस्वती मावि, भृकुटी मावि, चम्पापुर मावि, हरिकुल अंग्रेजी माविलगायत एक दर्जन विद्यालयका छात्रछात्रा, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, लायन्सका प्रमुख तथा सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्लवका पूर्व अध्यक्ष मनोज बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्