झापा,फागुन ३० । फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।

राष्ट्रिय खेलकुद ऐन विपरित एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न बुधबार मन्त्रालयले पत्राचार गरेको हो । पत्रमा मन्त्रालयमा प्रवक्ता एवं सहसचिव शिव प्रसाद रेग्मीले हस्तक्षर गरेका छन् ।

खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार एन्फाले स्विकृती नलिई १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको थियो । नेपाल राष्ट्रिय फुटबल टोलीले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्यसैका लागि एन्फाले अनावश्यक १० जना पदाधिकारीलाई भ्रमणमा लगेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्