झापा,फागुन ३० । गरिबीका कारण श्रीमती, साना लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यताको कथा समेटिएको गीत ‘परदेशीको बाकस’ सार्वजनिक भएको छ ।

गीतमा म्यानपावरले दिएको दुःख, परदेश गएपछि केही कसुरबिना नै जेल जानुपर्ने अवस्था र मृत्युवरण जस्तो भयानक परिस्थितिलाई गीतमा चित्रण गरिएको छ । परदेश गएपछि लास भएर बाकसमा घर फर्कंदा एउटा परिवारको सपना कसरी तुहिन्छ भन्ने कुरा पनि गीतमा देखिन्छ । सुरेश शाही र शान्तिश्री परियारको स्वर रहेको गीतमा दुर्योधन बस्नेतको रचना एवं गायक सुरेशकै सङ्गीत एवं सङ्गीत संयोजन र कृष्ण पुनको मिक्सिङ रहेको छ । गीत दुर्योधन बस्नेतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्