झापा,चैत १ । प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ऋण लिएका थिए। निजलाई उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार पाँच सय ६४ रुपियाँ बिगो र तीन वर्ष कैदको फैसला भएको थियो।

प्रहरीका अनुसार स्थायी घर सप्तरीको कन्चनरुप नगरपालिका – ८ भइ हाल काठमाडौं बौद्ध बस्ने उनले लव वलि समेत विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भनी एक करोड रुपियाँ ठगी गरी फरार रहेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्