झापा,चैत १ । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

धरानबाट जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको पनि प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्