बिर्तामोड, चैत १ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहनेहरुका लागि विगत ८ वर्षदेखि सही परामर्श दिँदै आएको लेकहेड एजुकेशनले झापाको बिर्तामोडमा शाखा विस्तार गरेको छ ।

बिर्तामोडको भद्रपुर रोडमा लेकहेड एजुकेशनले शाखा खोलेर बुधवारदेखि सेवा दिन थालेको हो । अंग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा)का कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले एक कार्यक्रमका बीच बिर्तामोड शाखाको उद्घाटन गरे । मुख्य कार्यालय काठमाडौमा रहेको लेकहेड एजुकेशनले विगत ८ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको सो कन्सल्टेन्सीका सिइओ विश्व नेपालले बताए । उनले आफ्नो कन्सल्टेन्सीले अमेरिका, अष्ट्रेलिया , क्यानडा , न्यूजिल्यान्ड , बेलायत, डेनमार्क ,फिनल्यान्ड, फ्रान्स,दक्षिण कोरियालगायतका देशमा उच्च शिक्षा अध्ययन गर्नका लागि नेपाली विद्यार्थीहरुलाई पठाउने गरेको जानकारी दिए । ‘सही शिक्षा सिकाएर सही देशमा विद्यार्थीहरुलाई पठाउँछौ’ उनले भने,‘ क्वालिटी काउन्सिलिङ भनेको लेकहेड नै हो ।’

लेकहेडका निर्देशक पूर्णप्रसाद बजगाईले आफ्नो कन्सल्टेन्सीले पहिलो शाखा बिर्तामोडमा खोलेको जानकारी दिए । लेकहेडका सिइओ विश्व नेपालको अध्यक्षता तथा नाल्टाका प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा वीरेन्द्र नमूना क्याम्पसका क्याम्पस प्रमुख विवेक पोखरेल , प्राध्यापक नरपति सुब्बा , सामाजिक व्यक्तित्व शिवकुमार राजभण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन लक्ष्मी क्याम्पस बनियानीका क्याम्पस प्रमुख मोती राजवंशीले गरेका थिए ।

क्याम्पस प्रमुख राजवंशी , वीरेन्द्र नमूना क्याम्पसका सहायक क्याम्पस प्रमुख बद्रीनारायण राजवंशीलगायतले मिलेर बिर्तामोडमा लेकहेडको शाखा संचालन गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्