झापा,चैत १ । धनकुटा नगरपालिका–१० धर्मसालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय कमला मोक्तानको घरबाट करिब १०ः३० मा आगलागी सुरु भएको थियो ।

आगो करिब अढाई घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट मोक्तानको घरसहित मेहरमान मोक्तानको दुई वटा घर जलेर नष्ट भएका छन् । त्यस्तै, चन्द्रकुमारी अधिकारी र रत्न ठाडामगरको घरमा आंशिक रुपमा क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित पाख्रीबास र धनकुटा नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी चौकीका इन्चार्ज नारायण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्