झापा,चैत २ । पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै डढेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः वैशाखको दोस्रो साताबाट बढी हुनेगरेको मानिन्छ ।

डढेलोका कारण सबैभन्दा बढी तराईका जिल्ला प्रभावित भएका छन् । कम जोखिम मानिने हिमाली जिल्लामा पनि डढेलो लागेको छ । पछिल्लो एक हप्तामा नै देशभर ३५ स्थानमा डढेलो लागेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् पोर्टलको तथ्याङ्कअनुसार देशका सबै प्रदेशगरी एक हप्तामा ३५ स्थानमा डढेलो लागेको छ । एक हप्तामा देशभर अन्य ठाउँ समेत गरी १६५ वटा आगलागीका घटना भएका छन् । पुस महिनादेखि फागुन मसान्तसम्म तीन महिनाको अवधिमा १०६ स्थानका जङ्गलमा डढेलो लागेको तथ्याङ्क छ ।

पुस महिनादेखि फागुन मसान्तसम्म तीन महिनाको अवधिमा १०६ स्थानका जङ्गलमा डढेलो लागेको तथ्याङ्क छ ।
पुसदेखि फागुन मसान्तसम्म मानवीय वा प्राकृतिक कारणले आगलागीका घटना भने धेरै भएका छन् । पछिल्लो तीन महिनामा डढेलोसहित मानवीय लापरवाही वा प्राकृतिक कारणबाट एक हजार ४९९ वटा आगलागीका घटना भएका छन् । देशभर आगलागीका कारण पुसदेखि फागुसम्म ६६ करोड ९४ हजार ९०० रुपियाँ बराबरको क्षति भएको देखिएको छ ।

डढेलोविद् सुनिल शर्माका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा धेरै डढेलेका घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने छ । उनले भने, “गतवर्षको तुलनामा यसवर्ष धेरै डढेलोका घटनाहरु हुन सक्छन् । यो वर्ष तापक्रम पनि बढेको र हिउँदको समयमा पर्याप्त मात्रामा पानी नपरेकाले डढेलोका घटनाहरु बढ्न सक्छन् ।’

जोखिमयु्क्त समय आउन बाँकी रहँदा देशका विभिन्न स्थानमा डढेलोका घटनाहरु बढ्न थालेपछि स्थानीयहरु चिन्तित भएका छन् । उनले भने, “यसवर्ष तापक्रम पनि बढी भयो, हिउँदमा पर्याप्त मात्रामा पानी पर्न सकेन, त्यसैले जङ्गलमा पातपतिङ्गर धेरै थुप्रिएरका हुन सक्छन् । त्यसकारण डढेलोको प्रकोप धेरै हुने देखिन्छ ।” डढेलो नियन्त्रणमा लिन पर्याप्त पूर्वाधार नभएका कारण पनि यसले गर्ने क्षति बढी हुने उनको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्