झापा,चैत ३ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मुल्य बराबरको सुर्ती प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सो मुल्य बराबरको सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१०३÷७ सीमा पिलर छेउबाट तस्करहरूले टाउकोमा हालेर भित्राइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो । प्रहरीलाई देख्न साथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका थिए ।

बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्