झापा,चैत ३ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ । वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३७ प १८४२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा को ३७ प १८४२ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार स्थानीय ६५ वर्षीय पदमबहादुर विश्वकर्माको घटनास्थानमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक २७ वर्षीय कमानसिंह विश्वकर्मा र अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका– १० का २३ वर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वानाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्