झापा, चैत ४ । युवा नागरिक समाजको अर्जुनधारा नगर कमिटी गठन भएको छ ।

अर्जुनधारामा रहेको महिला तथा जनजाति आदिबासी सामुदायिक भवनमा शनिबार सम्पन्न भेलाले सुजनराज शिवाकोटीको अध्यक्षतामा २३ सदस्यीय अर्जुनधारा नगर कमिटी गठन गरेको हो । युवा नागरिक समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारीले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार संयोजक जयनारायण ढुङ्गाना रहेका थिए । त्यस्तै विशेष अतिथिहरुमा सल्लाहकार सदस्य जानुका थापा मगर, कानुनी सल्लाहकार लक्ष्मी सिवाकोटी , शनिश्चरे प्रहरी प्रमुख नरबहादुर खड्का रहेका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष देब संग्रौलाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सुरज शर्माले गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले नवगठित टिमलाई बधाई दिँदै अन्याय अत्याचारको भण्डाफोर गर्दै आवाजबिहीनहरुको आवाज बन्न आग्रह गरेका थिए । निर्वाचित अध्यक्ष शिवाकोटीले अन्याय र बेतिथिविरुद्ध डटेर लाग्ने प्रतिवद्धता जनाउँदै युवा नागरिक समाजका सदस्यहरुलाई आफ्नो शंकर अस्पतालमा उपचारका लागि १५ प्रतिशत छुट दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्