झापा,चैत ४ । भारतको हैदरावाददेखि मुक्तिनाथ दर्शन गर्न आएका एकजना पर्यटकको लेक लागेर मृत्यु भएको छ। दर्शन गरी फर्किने क्रममा भारतीय पर्यटकको आइतबार बिहान लेक लागेर मृत्यु भएको हो। शनिबार मुक्तिनाथ दर्शन गरी जोमसोमको एक होटलमा बास बसेका ८३ वर्षीय बि नारायाणलाई लेक लागेर बिरामी परेपछि जोमसोमको मुस्ताङ अस्पताल पु¥याउँदा मृत्यु भएको हो ।

भारतदेखि ४२ जनाको दर्शानार्थीको टोली मुक्तिनाथ दर्शनका लागि शनिबार जोमसोम आइपुगेको थियो । ४२ जनामध्येका बि नायाराणणलाई मध्यरातमा स्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

घटना सम्बन्धी प्रहरीले विस्तृत विवरण संकलन गरी शव आफन्तलाई बुझाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । समथर बेसीबाट उच्च स्थानमा आउने पर्यटकलाई लेक लाग्ने समस्या रहन्छ । योसँगै चालु वर्षमा लेक लागेर मृत्यु हुने भारतीय पर्यटकको संख्या ६ पुगेको छ । यसअघि चालु वर्ष ५ जना भारतीय पर्यटकले चालु वर्ष लेक लागेर ज्यान गुमाएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्