झापा,चैत ४ । मोरङ पथरीशनिश्चरे–१० का ५४ वर्षीय प्रेमबहादुर चौहानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार शनिबार साँझ पूर्व–पश्चिम राजमार्गको पथरीखोला छेउमा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको प्र १–०२–०५२ प २२१७ नम्बरको मोटर साइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनु भएका चौहानको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक ५१ वर्षीय किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्