बिर्तामोड, चैत ४ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र नं.–२ को क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

महासंघको क्षेत्रीय नं.–२ को क्षेत्रीय अधिवेशनले लवकुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा कुमार कन्दङ्वा, सन्तोष तामाङ, सचिवमा रुपवति राजवंशी रुपा, मदन दनुवार, सहसचिवद्वयमा गणेश मादेन र हरि मगर तथा कोषाध्यक्षमा सरस्वती चौधरी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा सम्झना राई, बन्दना श्रेष्ठ, रंजित राजवंशी, शंकर गुरुङ, पूर्णवती लिम्बू र पूर्ण राजवंशी रहेका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधिमा गोपाल चौधरी, सुन्दर थापामगर, माया प्रधान, तुलाराम गुरुङ र लक्ष्मण ज्वेयल श्रेष्ठलाई चयन गरेको छ ।

त्यसैगरी कुमार कन्दङ्वाको अध्यक्षतामा क्षेत्र नं. २ प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षद्वयमा राम हस्दा, एलबहादुर गुरुङ, सचिवमा राजेश आङबुहाङ, प्रदिप मादेन, सहसचिवद्वय शशी राई र देवी कुमार तथा कोषाध्यक्षमा रुद्रमणी प्रधान रहेका छन् ।
समितिको सदस्यहरुमा विष्णु चौधरी, दिपा लिम्बू, तुलसी श्रेष्ठ, तेजकुमार श्रेष्ठलगायत रहेका छन् । अधिवेशनले कोशी प्रदेश अधिवेशनका लागि ६ जना प्रदेश प्रतिनिधि चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जनकारी दिए ।

त्यसैगरी आइतबार सम्पन्न क्षेत्र नं. २ प्रदेश ‘ख’ को आदिवासी जनजाति महासंघको क्षेत्रीय कार्यसमितिको अध्यक्षमा सन्तोष तामाङ चयन भएका छन् ।

समितिको उपाध्यक्षद्वयमा विद्यानन्द चौधरी, र विजय धिमाल, सचिवद्वयमा राम श्रेष्ठ र जीना राई, सहसचिवमा प्रेम मगर र शरद मगर, कोषाध्यक्षमा प्रेमकला श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा गणेश आले र जर्मन चेम्जोङ रहेका छन् भने कोशी प्रदेश अधिवेशन प्रतिनिधिमा यज्ञलाल श्रेष्ठसहित ६ जना चयन भएका छन् ।

पार्टी जिल्ला सचिव कृष्ण हुमागाँईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा जिल्ला प्रतिनिधि धर्म लक्सम्बाले औचित्यमाथि प्रकाश पारेका थिए भने दिलकुमार नेम्वाङ, भोजराज सिटौला, राधा सुब्बा, दिपेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्ष्मी आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्