गौरादह, चैत ४ । गौरादह नगरपालिकाले आइतवार माछा पसलहरुको अनुगमन गरेको छ ।

कार्यवाहक नगर प्रमुख एवं अनुगमन समिति संयोजक जलबर्षा राजवंशीको नेतृत्वको टोलीले गौरादह २ मा अवस्थित कृषि बजारका माछा पसलहरुमा अनुगमन गरेको हो ।

नगरपालिका जनप्रतिनिधि ,इलाका प्रशासन कार्यालय, गौरादह नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी र स्थानीयबासी समेतको उपस्थितिमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा ल्याइएका प्रतिबन्धित तथा सडेगलेका गरि करिब ८६ केजी माछा बरामद गरि नष्ट गरिएको छ ।
अनुगमनका क्रममा बरामद माछा सडेगलेका प्रतिबन्धित भएकाले गौरादह नगरपालिका परिसरभित्रै खाल्डो खनी नष्ट गरिएको कार्यवाहक नगर प्रमुख राजवंशीले जानकारी दिइन् ।

नष्ट गरिएका माछा पम्प्लेट ,जलकपुर र मुंग्री रहेका छन् । बरामद माछाहरु अनुगमन समिति संयोजक राजवंशी, प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा ,ईलाका प्रशासन कार्यालय गौरीगञ्जका कर्मचारी यामनाथ संजेल, ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रमोद रेग्मीलगायतको रोहवरमा नष्ट गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्