झापा,चैत ४ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा आगलागी भएको छ ।

आइतबार साँझ साढे ८ बजेतिर सुरु भएको आगलागीमा तीनवटा घर जलेका छन् भने बजार जोखिममा परेको छ । आगलागीमा स्थानीय कविन्द्र लावती, अम्बिका सापकोटा र श्रीनारायण भट्टराईका घर जलेका हुन् ।

आगो निभाउनका लागि प्रहरी चौकी फाक्तेपका टोलीसँगै स्थानीय खटिएका छन् नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकलसँगै राँके बजारबाट सशस्त्र र जनपथ प्रहरी पठाइएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।आगो लाग्नुको कारण भने खुलेको छैन । घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द र इलामको फाकफोक थुम गाउँपालिकाको सिमावर्ती बजार हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्