भापा,चैत ५ । सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर,भ्रष्ट सरकार मुर्दावाद,सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबादलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्