झापा,चैत ६ । जंगली हात्तीले आज बिहान अर्जुनधारामा धनमालको क्षति गरेको छ ।

बिहान ४ बजेको समयमा आएको एकल हात्तीले अर्जुनधारा १ मदनपुर र वडा नं ९ शालिन चोकमा क्षति गरेको हो । हात्तीले अर्जुनधारा १ मदनपुर बस्ने रमेश रिमालको २ तले पक्की घरमा रहेको पसलमा विभिन्न खाद्यान्न सामग्रीहरु खाएर २५ हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँका मनबहादुर दाहालले एक कठ्ठामा लगाएको मकै बाली खाइ क्षति पुर्याएको छ भने मिरा ढकालको चार कठ्ठामा लगाएको मकै बालीमध्ये १ कठ्ठाको मकै बालीमा नोक्सानी गरेको छ ।

त्यस्तै वडा नं ९ शालिन चोक बस्ने इन्दिरा कुँवरको टिनले छाएको इँटा सिमेन्टले बनेको घरको पश्चिमपट्टीको कोठाको झ्यालसहित चौखट र पर्खाल भत्काई सो कोठामा रहेको अन्दाजी २०० के.जी. धान र अन्दाजी १०० के.जी. तोरी नष्ट गर्दा १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्