झापा,चैत ६। विराटनगरस्थित एक होटलमा सिटिजन्स बैंकमा कार्यरत कर्मचारी मृत फेला परेका छन् ।

सोमबारदेखि बेपत्ता भएका सिटिजन्स बैंकका कर्मचारी क्षितिज घिमिरे विराटनगर ९ कलेज रोडस्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् ।

घिमिरेको शव होटलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।


क्षितिज सम्पर्कविहिन भएको भन्दै आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन निवेदन दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्