झापा,चैत ७ । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोशी नदीबाट गाँजा बरामद गरेको हो । डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको प्रहरीले जनाएको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने प्रहरी देखेपछि भागेको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्