झापा,चैत ७ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड वुल्भ्स) सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ।

आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ।

नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी–२० खेल खेल्नेछ।

त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २–२ वटा टी–२० खेल खेल्ने तालिका छ।

सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्