झापा, चैत ७ । धरान उपमहानगरपालिका–१८ स्थित घोपा क्याम्प परिसरमा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

घोपा क्याम्पमा निर्माणाधीन नयाँ भवन क्षेत्रको खोचमा शव फेला परेको हो । घाटीमा चोट लागेको अवस्थामा करिब १९ वर्षीया युवतीको शव फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

‘अन्तै हत्या गरेर यहाँ फ्याँकिएको हुनसक्छ,’ स्रोतले भन्यो । घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्