झापा, चैत ९ । झापाको गौरादहमा भएको आगलागीबाट एउटा गोठ जलेर नष्ट भएको छ ।

आज दिउँसो १.३० बजेको समयमा गौरादह ५ बालुबथान बस्ने देवीदास अधिकारीको टिनको छानो भएको गोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गोठ र गोठभित्र रहेको काठपात, परालसमेत पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

गौरादह नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको सहयोगमा दिउँसो २ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्