एजेन्सी । रुसको एक कन्सर्ट हलमा हतियारीधारीहरुले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

हमलामा सयभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रूसी मानव आधिकार आयोगले त्यसलाई ‘आतंकवादी हमला’ भनेको छ ।
रशियन न्यूज एजेन्सीका अनुसार सो घटना मस्कोनजिक क्रोकस सिटी हलमा भएको हो । त्यहाँ कन्सर्ट हुन लागेको थियो ।
समाचार एजेन्सीका अनुसार कम्तीमा तीनजना हमलाकारी हलमा प्रवेश गरेका थिए । ती हमलाकारीहरुको खोजी भइरहेको छ । इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी लिएपनि रुसले पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्