झापा, चैत १० । झापाको दमक नगरपालिका– २ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । हिजो बिहान १०.४० बजे सोही स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक लडेपछि डुबेका धिमाल सिकिस्त भएका थिए ।उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्