झापा, चैत १२ । शान्ति सुरक्षामा खटिने प्रहरीले झापामा हर्षोल्लसापूर्वक होली पर्व मनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुले एकापसमा रंग खेलेर , रमाइलो गरेर होली मनाएका हुन् । प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले आफ्ना मातहतका प्रहरी अधिकृत र जवानहरुलाई अबिरको टीका लगाइदिएर होली मनाएको निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले बताए ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा पनि ट्राफिक प्रहरीहरुले सामूहिक होली मनाएका छन् । एकापसमा रंग खेलेर , मीठो मसिनो खाएर होली मनाएपछि सबैजना ड्युटीमा खटिएको ट्राफिक प्रमुख नवराज न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्