झापा,चैत १२ । अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्रयाक्टर सोमबार बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् । ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक जना बालक गरी ३ जना घाइतेलाई बयालपाटा अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्