झापा, चैत १२ । इलामको सूर्योदय नगरपालिका– १२ मलिमस्थित सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

हिजो दिउँसो ३ बजे तिनघरेबाट मलिमतर्फ जाँदै गरेको मे. १ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा अटो चालक स्थानीय २२ बर्षीय अनिष राई, ५६ बर्षीया मनकुमारी प्रधान, ४४ बर्षीया कला प्रधान र ४८ बर्षीया कमला प्रधान घाइते भएका थिए ।

दुर्घटना परी घाईते भएकी मनकुमारी प्रधानको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको हो । अन्य घाईतेहरुको फिक्कल अस्पताल इलाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्