झापा,चैत १२ । होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना झापामा पक्राउ परेका छन् ।

होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै ३५८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । उनका अनुसार दुई पाङ्ग्रे सवारी साधन ३४७ , तीन पाङ्ग्रे १० र चार पाङ्ग्रे १ वटा नियन्त्रणमा लिइएको हो ।मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तीन जना मोटरसाइकलमा सवार हुने , हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरी प्रशासनले कसैको ईच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गरेमा कानुनी कार्वाही गर्ने निर्णय गरेको थियो । झापाको बिर्तामोड , दमकलगायतका ठाउँमा सामूहिक होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । जहाँ निकै युवायुवतीको भीड लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्