झापा, चैत १२ । आयरल्यान्ड ‘ए’(वुल्भ्स) विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ।

सोमबार त्रिवि मैदानमा आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो।
खेलमा नेपालका लागि सन्दीप जोराले ३६ रन, आसिफ शेखले १६, कुशल भुर्तेलले ३७ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, गुलसन झाले ४ रनको योगदान दिए।

आयरल्यान्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो। ललित राजवंशी, कुशल भुर्तेल र गुल्शन झाले २–२ विकेट, कुशल मल्ल र करण केसीले १–१ विकेट लिए।

आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। थोसम मेयस र लियाम म्याकार्थीले १६ रन र फिन हृयान्डले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्