झापा,चैत १२ ।झापालाई तराईबाट अलग पारेर पहाडसंगै होली विदा दिने शासकहरुको षडयन्त्र धेरै वर्ष टिक्न सकेन ।

२०७२ सालदेखि करिव पाँच वर्षसम्म पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतले होली पर्वमा तराई क्षेत्रको झापालाई पहाडमा गाँभेर अघिल्लो दिन नै सार्वजनिक विदा दिएका थिए । अघिल्लै दिन सरकारले विदा दिएपछि भोलिपल्ट पर्वको दिन झापावासीहरुले विदा नपाउने अबस्था थियो । तर, शासकहरुको त्यो अकर्मण्यतालाई जिल्लावासीहरुले ठाडै अस्वीकार गरिदिए । झापालाई पहाडसंग गाँभ्ने कुत्सित मनसाय पूरा हुन दिएनन् ।

केही वर्षदेखि तराईका अन्य जिल्लासंगै झापाका बासिन्दाहरुले पनि होलीको विदा पाउने गरेका छन् । यस वर्ष आज चैत १२ गते झापासहित तराईका जिल्लाहरुमा सरकारले विदा दिएको थियो । अघिल्लै दिन होलीको विदा दिँदा झापा पहाडमा पर्छ कि तराईमा भनेर बहससमेत चलेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्