एजेन्सी । रूसले मस्कोस्थित कन्सर्ट हलमा हमला गरी १३७ जनाको हत्या गरेको आरोप चार जनामाथि लगाएको छ ।

तीमध्ये तीनजना लर्खराउँदै र एकजनालाई ह्वील चियरमा अदालतमा पेश गरिएको छ ।

इस्लामिक स्टेटले शुक्रवार क्रकस सिटी हलमा भएको हमलाको जिम्मेवारी लिँदै भिडियो सार्वजनिक गरेको थियो । यद्धपि रूसी अधिकारीहरुले बिनाप्रमाण सो हमलामा युक्रेनको हात भएको दावी गरेका छन् । युक्रेनले त्यसलाई बेतुकको आरोप भनी प्रतिक्रिया दिएको छ ।

ती चार आरोपितको नाम डलेद्जोन मिरजोयेव, सैदाक्रामी मुरोडाली राखबलिजोदा, शमसिदिन फरीदूनी र मुहम्मद फैजोव रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्