एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबी) ले पहिलो जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो।

पञ्जाबले दिएको १७७ रनको लक्ष्य आरसिबीले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो। आरसिबीका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए।

दिनेश कार्तिकले २८ रनको विष्फोटक अविजित इनिङ खेले। दुई ओभरमा २३ रन चाहिएको अवस्थामा हर्शल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्कासहित १३ रन निकालेका थिए।
महिपाल लोम्रोर १७ रन बनाएर नटआउट रहे। रजत पतिदरले १८ बलमा १८ रन नै बनाउन सके।पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। पञ्जाबका लागि कप्तान शिखर धवनले सर्वाधिक ४५ रन बनाए। यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए। आरसिबीका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए। आइपीएलमा आज चेन्नई सुपर किंस र गुजरात टाइटन्स भिड्ने छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्