झापा, चैत १३ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा भेटिएका छन् ।

पुलबाट पौडी खेल्न हामफालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।प्रहरीका अनुसार उनी मृत भेटिएका छन् । बेलौरी स्थायी घर भएपनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्