झापा,चैत १३ । ताप्लेजुङमा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ३ का ५९ वर्षीय रामचन्द्र गुरुङको मृत्यु भएको हो । सोमबार दिउँसो ३ बजे सोही स्थानमा रहेको इन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर उनी खाजा खान बसेका थिए । बसेकै ठाउँमा माथिबाट झरेको ढुङ्गाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्