झापां,चैत १३ । चैत १६ गते शुक्रबार नेपालका व्यवसायीक सिनेमा घरमा नेपालकै पहिले एनिमेसन चलचित्र सलिना प्रदर्शन हुँदैछ। सलिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र हो। जुन नेपालमा नै सम्पूर्ण एनिमेसन सम्बन्धी प्राविधिक कार्य गरिएको नेपालकै पहिलो एनिमेटेड चलचित्र हो।

यो चलचित्र पूर्णरुपमा तयार भएर सेन्सर बोर्डबाट यू सर्टिफिकेट प्राप्त गरिसकेको छ। चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक भइसकेको छ। यस चलचित्रको निर्देशन तेजसराज जोशीले गरेका हन्। तेजसराज जोशी र श्रुति श्रेष्ठ चलचित्रका निर्माता हुन् ।

यो चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा सम्पादन गरेका छन् । चलचित्रको ग्राफिक कलाकारमा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर छन् ।

चलचित्र राजकुमारी सलिनाको कथा हो। यो चलचित्रमा पाश्र्व आवाज दिने कलाकारमा सुशील नेपाल, अदिती ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्