एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो।

जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। प्रतियोगिताअन्तर्गत आज सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन आमने सामने हुनेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्