बिर्तामोड,चैत १४ । पुरानो रिसिबीका कारण बिर्तामोड १ का २३ वर्षीय सुनिराम मुर्मूमाथि छुरा प्रहार भएको खुलेको छ ।

पुरानो रिसिबीका कारण दुई पक्षबीच झडप भएको र मुर्मूमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा गएराति ८.२० बजे दुई समूहबीच झडप हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका मुर्मूलाई उपचारका लागि स्पाइन एक्स अस्पतालमा भर्ना गरिएको छ । राति उनको शल्यक्रिया गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उनको अबस्था गंभीर रहेको छ । उनको बायाँ हातको कुम र ढाडको माथिपट्टी गर्दनमा चोट लागेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड १ बस्ने २३ वर्षीय राम टुडू, वडा नं ६ बस्ने १९ वर्षीया एलिना श्रेष्ठ , वडा नं १ बस्ने २९ वर्षीय सुसान मुर्मू , अर्जुनधारा ११ बस्ने ३० वर्षीय सरोज सहनी र कनकाई १ बस्ने २३ वर्षीय मनोज बि.क.रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्