एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । उसले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको हो ।


हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनायो।
मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६४ रनको योगदान दिए। उनले त्यस्तै टिम डेविड ४२ र रोमारियो सेपहर्ड १५ रनमा अविजित रहे। नमन धिरले ३० रनको योगदान दिँदा इशान किसन ३४ रनमा आउट भए। रोहित शर्मा २६ र कप्तान हार्दिक पाण्ड्या २४ रन बनाउँदै पेभिलियन फर्किएका थिए।
मुम्बईलाई रोक्न हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कमिन्सले दुई– दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए।

त्यसअघि घरेलु टोलीले ३ विकेट गुमाएर २७७ रन बनाएको थियो। उक्त लक्ष्य आईपीएल इतिहासकै सर्वाधिक ठुलो लक्ष्य हो। यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स इन्डियाविरुद्ध २६३ रन बनाएको थियो।हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए। शर्माले ६३ रन बनाए भने ओपनर हेडले ६२ रनमा आउट भए। दोस्रो विकेटका लागि शर्मा र हेडले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे। क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए। एडेन माक्ररमले अविजित ४२ रन बनाए। क्लेसन र माकरमले ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे।

मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १–१ विकेट रह्यो।जितसँगै हैदराबादले पहिलो दुई अंक जोडेको छ। मुम्बईको भने यो लगातार दोस्रो हार हो। प्रतियोगिताअन्तर्गत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्