झापा, चैत १६ । नेकपा एमाले झापाको ११ औं अधिवेशनबाट प्रेमबहादुर गिरी अध्यक्षमा निर्विरोध चयन हुने भएका छन् ।

अर्का आकांक्षी शिव ढुंगेलले उम्मेदवारी नदिने भएपछि हाल कार्यवाहक अध्यक्ष रहेका गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुने भएका हुन् । हालका जिल्ला सचिव ढुंगेललाई प्रदेश कमिटीमा लैजाने सहमति भएको बताइएको छ । गिरीसंगै उपाध्यक्ष असारु राजवंशी , सचिव तुलसी कार्की, उप सचिव खगेन्द्र नेपाल र उप सचिव अनिता कन्दङ्वा पनि निर्विरोध हुन लागेको बताइएको छ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि हिजो साँझबाट निर्वाचन कार्यक्रम संचालन गरिएको छ । हिजो बेलुका ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो । आज दिउँसो ३.३० बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । पालिकाबाट ४३० , जनसङ्गठनहरूबाट ८९ , मजदुरबाट ३० , सल्लाहकारहरू २५ , सम्पर्क मञ्चबाट पाँच र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा भाग लिएको जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्